ICT trends सँग परिचित भएको १ वर्ष मात्रै भयो । त्यसअघि म PSexam Website सँग परिचित भएको थिएँ । लोकसेवाको बारेमा चासो लागेदेखि नै कम्प्युटर अपरेटरको लागि अनलाइनमा केही सामाग्री खोज्ने थालेँ त्यसै बेला PSexam बेबसाइट भेटे । मलाइ ढुङ्गा खोज्दा देउता पाएजस्तै लाग्यो । केही नपाइरहेको बेला थुप्रै सहयोग पाउँदा म निकै खुसी थिएँ । त्यही बेबसाइटबाट सुरेस सरको इमेल पाएँ र तत्कालै इमेल पठाएँ जसको प्रतिउत्तर उहाँले तुरुन्तै दिनुभएथ्यो र मलाइ सक्दो सहयोग गर्ने बचन पनि दिनुभएथ्यो ।
त्यसपछि सुरु भयो मेरो PS Exam र ICT Trends सँगको मेरो लोकसेवा परीक्षाको तयारी । पहिलो वर्ष अध्ययनको कमी र अनुभवको कमीले लिखित परीक्षामै असफल भएपनि हरेस खाइन त्यसमा सुरेस सरको मार्गदर्शन म अझैँ सम्झिरहेछु । असफलता नै सफलताको प्रतीक हो भन्छन् सायद त्यही भयो । अर्को वर्षको लागि ICT Trends ले लोकसेवाको लागी थुप्रै सामाग्री उपलब्ध गराउने जानकारी पाएदेखि नै मैले दिनमा २ पटक ICT Trends साइट खोल्थेँ । त्यसमा भएका विभिन्न सामाग्रीले मेरो ज्ञानको भण्डारलाई थप विस्तार गर्न मद्दत गर्यो । थुप्रै MCQ Questions हरु उपलब्ध भयो किताबमा भएका केही गलत प्रश्नहरुको बारेमा छलफल गर्न ICT Trends मा Forum पनि आयो त्यसले झन् सहयोग मिल्यो । साथै सुरेस सरले फेसबुकमार्फत गनुभएको सहयोग पनि मैले कहिल्यै बिर्सने छैन । यसरी ICT Trends को सहयोगले गर्दा यस वर्ष कम्प्युटर अपरेटरको लिखित परीक्षामा सफल हुन पाइयो । लिखित परीक्षामा सफल भएपनि Practical को लागि म बिल्कुलै नयाँ थिएँ त्यसको लागि पनि सुरेस सरलाइ गुहारेँ उहाँले ICT Trends मा Practical को लागि केही Set Model Questions हरु राख्नुभयो जसले गर्दा Practical Exam को भरपुर तयारी गर्न पाइयो । त्यस क्रममा पनि ICT Trends माफर्त सुरेर सरले गरेको सहयोग म यहाँ शब्दमा व्यक्त गर्न सक्दैन । ICT Trends को सहयोग साथै आफ्नो परिश्रमले Practical Exam र Interview मा सफल हुन पाएकोमा ICT Trends लाई धन्यवाद दिन चाहन्छु ।
अगामी दिनमा Computer operator को लागि लोकसेवा तयारी गर्ने सबै मित्रहरुलाई म ICT Trends Join गरी नयाँ नयाँ सामाग्री तथा समाधानहरु प्राप्त गर्न म सुझाव दिन चाहन्छु । मेरो अनुभवमा लोकसेवाको लागि निश्चित किताब मात्र अध्ययन नगरी नयाँ नयाँ कुराहरुको बारेमा पनि जानकारी लिइरहन आवश्क ठान्दछु । जसको लागि मेरो पहिलो सिफारिस ICT Trends नै हुनेछ । त्यहाँबाट नयाँ आवेदकहरुले MCQ Questions, Practical Questions र Tips हरु प्राप्त गरी कम्प्युटर अपरेटरको लागि आफ्नो ज्ञानलाई थप बढाउन सक्नुहुनेछ जसरी मैले प्राप्त गरेको थिएँ र छु । फेरीपनि सुरेर सर र ICT Trends, PS Exam प्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु मेरो सफलताको एक भाग बनेकोमा ! धन्यवाद ।
यज्ञश्वर वली
कम्प्युटर अपरेटर
मालपोत कार्यालय, सुर्खेत ।
